‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस्’

हिमाल प्रेस ३० साउन २०८१ ७:१७ | Wednesday, August 14, 2024
‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस्’

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन् भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए।

‘सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक पइन्ट खडा गरिएको मैले पाएँ,’ यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन सुरक्षा निकायलाई पुनर्विचार गर्न आग्रह गर्दै उनले प्रश्न गरे ।

प्रचलित कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउनु हुँदैन भने।

यही साउन २७ गते मध्यपश्चिम विश्वविद्यालयमा कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिहरुसँग पत्रकार, उद्योगी,व्यवसायी, नागरिक अगुवा तथा कानुन व्यवसायीले सुरक्षा जाँचका नाममा सर्वसाधारणले दुःख पाएका तथा ट्राफिक प्रहरीले नियम विपरीत गतिविधि गरेका आरोप लगाएका थिए ।

प्रकाशित: ३० साउन २०८१ ७:१७ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast