सुन तस्करीको छानबिन राम्रोसँग भएको भए माओवादी हेडक्वार्टरमा कोही हुँदैनथ्यो : पदम गिरी

हिमाल प्रेस १३ भदौ २०८१ १६:२७ | Thursday, August 29, 2024
सुन तस्करीको छानबिन राम्रोसँग भएको भए माओवादी हेडक्वार्टरमा कोही हुँदैनथ्यो : पदम गिरी पदम गिरी। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद तथा पूर्वकानुनमन्त्री पदम गिरीले सुन तस्करी प्रकरणको छानबिन पारदर्शी ढंगले भएको भए माओवादी हेडक्वार्टर नै रित्तिने दाबी गरेका छन्। आज बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले यस्तो बताएका हुन्।

‘सुन तस्करीमा नेपालमा इतिहास रच्ने काम भयो। शायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन गरेको भए तपाईंको हेडक्वार्टरका कोही मान्छे खाली रहँदैनथ्यो होला,’ उनले भने, ‘जेलको छिडीमा हुन्थे होला सबै जना यो म भन्न सक्छु। तर छानबिन गर्न नसक्ने स्थिति बन्यो। सबैलाई उन्मुक्ति दिने काम भयो कि भएन? अनि महसुस हुन्छ सुशासनका पक्षमा छु । बाँकी सबै बिचौलिया हुन् भन्नु न्याय संगत हुन्छ?’

प्रकाशित: १३ भदौ २०८१ १६:२७ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast