काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ।
प्रकाशित: ३२ साउन २०८१ १२:१७ | Friday, August 16, 2024
प्रतिक्रिया




