सुनको मूल्यले फेरि कायम गर्‍यो कीर्तिमान

हिमाल प्रेस १३ भदौ २०८१ १२:२२ | Thursday, August 29, 2024
सुनको मूल्यले फेरि कायम गर्‍यो कीर्तिमान

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेर एकपछि अर्को नयाँ रेकर्ड कायम गरिरहेको छ। आज बिहीबार पनि सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन पनि नयाँ रेकर्ड बनेको थियो।

यता, आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ रहेको थियो।

प्रकाशित: १३ भदौ २०८१ १२:२२ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast