सुनकाे भाउ घट्याे

हिमाल प्रेस ३ भदौ २०८१ ११:२९ | Monday, August 19, 2024
सुनकाे भाउ घट्याे

काठमाडाैँ- नेपाली बजारमा आज सुनचाँदीको भाउ सामान्य घटेको छ।

आइतबार प्रतितोला तीन हजार रुपैयाँ बढेर सुनकाे भाउमा नयाँ रेकर्ड कायम भएकाे थियाे। आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा काेराेबार भइरहेको छ।

प्रकाशित: ३ भदौ २०८१ ११:२९ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast