 
                            
                                            काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो। साेडारीले शुक्रबार प्रदेशसभा बैठकमा सम्बाेधन गर्दै राजीनामाकाे घाेषणा गरेका थिए।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी पेश गर्न सक्ने व्यवस्था छ।

                            प्रकाशित: १८ साउन  २०८१ १९:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 