 राप्रपा नेपालका अध्यक्ष कमल थापा।
                             राप्रपा नेपालका अध्यक्ष कमल थापा।
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सीमित दलहरूको सिण्डिकेट खडा गर्ने षडयन्त्र अधिनायकवादी सोच भएको बताएका छन्।
समानुपातिक र समावेशितालाई नजरअन्दाज गरिए सह्यै नहुने थापाको भनाइ छ।
आइतबार पार्टीको काठमाडौँ-४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास सर्वसत्तावादी र अधिनायकवादी सोच भएको टिप्पणी गरे।
लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिडाइएको मार्गचित्र गलत भएको दाबी गरे। ‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ’, थापाको भनाइ छ।
                            प्रकाशित: २० साउन  २०८१ १५:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 