सिद्वबाका मन्दिर नजिकै ढुङ्गा सहितको पहिरो, सडक अबरूद्व

हिमाल प्रेस ८ भदौ २०८१ १६:४२ | Saturday, August 24, 2024
सिद्वबाका मन्दिर नजिकै ढुङ्गा सहितको पहिरो, सडक अबरूद्व

लुम्बिनी– बुटवल – पाल्पा सडकअन्तर्गत सिद्वबाबा मन्दिर नजिकै सुख्खा पहिरोले शनिबार अपरान्हदेखि सडक अबरूद्व भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिरनजिकै शनिबार दिउँसो पौन चार बजे पहिरो झरेको हो।

तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा ठुलठुला ढुंगासहित सुक्खा पहिरो झरेको प्रहरीले जनाएको छ। पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक बुढाले पहिरोले सडक अवरुद्ध बनेको बताए।

उनले डोजरले पहिरो हटाउने काम भईरहेको बताएका छन्। सडक खुल्न अझै २÷३ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक अबरूद्व भएपछि स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी अर्घाखाँचीसम्म जाने सवारी र पहाडबाट बुटवलतर्फ आउने सयौं सवारी बाटोमै रोकिएका छन्।

प्रकाशित: ८ भदौ २०८१ १६:४२ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast