‘सानो संसार’ को छायांकन सकियो

हिमाल प्रेस ३ भदौ २०८१ १३:०६ | Monday, August 19, 2024
‘सानो संसार’ को छायांकन सकियो

काठमाडौँ- फिल्म ‘सानो संसार’ को छायांकन सकिएको छ। निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा सोमबार केही तस्बिर सार्वजनिक गर्दै ३५ दिनमा फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। फिल्म काठमाडौँ, धादिङ र नुवाकोटमा छायांकन गरिएको छ।

पारिवारिक कथावस्तुमा बनेको फिल्ममा कलाकारकेदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमिल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटीलगायतको अभिनय छ। फिल्मका सबै कलाकारले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन्।

फिल्म अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ। फिल्म सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्। सिद्धार्थकै लेखन रहेको फिल्ममा सरिष्मा पुडासैनीकोले सघाएकी छन्।

प्रकाशित: ३ भदौ २०८१ १३:०६ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast