सांसद सोविता गौतमको प्रश्न : जहाजका यात्रुले कहिलेसम्म ज्यान गुमाइरहनुपर्ने हो ?

हिमाल प्रेस २९ साउन २०८१ १३:२९ | Tuesday, August 13, 2024
सांसद सोविता गौतमको प्रश्न : जहाजका यात्रुले कहिलेसम्म ज्यान गुमाइरहनुपर्ने हो ? सोविता गौतम । फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा हुने गरेको हवाई दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबारको प्रतिनिधिसभामा बोल्दै उनले जहाजका यात्रुले कहिलेसम्म ज्यान गुमाइरहनुपर्ने हो भन्दै प्रश्न सोधेकी हुन्।

‘हवाई दुर्घटनाको विषय मैले आजसहित ६ पटक संसद्‌‌मा उठाइसकेको छु। मन्त्रीहरूसँग पटकपटक सोधेको छु नागरिक उड्डयन प्राधिकरणलाई चुस्त कहिले बनाउने भनेर,’ उनले भने, ‘जहाजका यात्रुले कहिलेसम्म ज्यान गुमाउनुपर्ने हो?’

उनले हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई क्षेत्र सुधारका लागि सुझाव मागेको र रास्वपाको तर्फबाट सांसद सुमना श्रेष्ठले सुझाव दिएकोले त्यसलाई अध्ययनसहित पालना गर्न पनि आग्रह गरिन्।

‘इयूको कालोसूचीमा पर्ने, आईकाओमा कम नम्बर आउनु भनेको हाम्रो प्राधिकरण र यसको निकाय कति फेलियर भएको छ भन्ने देखिन्छ’ उनले भनिन्, ‘सेवा प्रदायक हो कि नियामक निकाय हो यो स्पष्ट हुन जरुरी छ।’

प्रकाशित: २९ साउन २०८१ १३:२९ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast