सांसद अमरेशकुमार सिंहले भने : त्रिविको जग्गा कांग्रेस-एमालेले आधाआधा बाँड्नू

हिमाल प्रेस ६ भदौ २०८१ १४:४० | Thursday, August 22, 2024
सांसद अमरेशकुमार सिंहले भने : त्रिविको जग्गा कांग्रेस-एमालेले आधाआधा बाँड्नू

काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा आधाआधा बाँड्नू भन्दै कटाक्ष गरेका छन्। आज बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले त्रिविको सम्पत्तिमा पार्टी कार्यालय बनाउनू भन्दै व्यंग्य गरे।

‘त्रिभुवन विश्वविद्यालयको दशा दुईवटा दलले गरेको छ। दुई दलले आधाआधा सम्पत्ति बाँडौँ र पार्टी अफिस बनाऔँ,’ उनले भने। उनले दुई दलले विद्यार्थीलाई विदेश लखेटेको भन्दै पार्टीका नाममा जग्गा दर्ता गराए हुने बताए।

उनले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुनेमा पनि जोड दिए। ‘पाँच वर्षको समय दिएर भ्रष्टाचारीलाई जोगाउन खोजिएको हो ? यो राख्नु हुँदैन,’ उनले भने।

प्रकाशित: ६ भदौ २०८१ १४:४० | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast