 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ।
सभापति सूर्य थापाले संसदीय छानबिन विशेष समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिँदै अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य सँगसँगै अगाडि बढाउने बताए।
‘समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउँछौँ’, उनले भने,‘समितिको प्रतिवेदन पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउन सबै सत्य तथ्य खोज्छौँ।’
समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ। तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिए।
सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उनले बताए।
समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 