सहकारी ठगी प्रकरण : दीपेश पुनसँग बयान लिँदै संसदीय छानबिन समिति

हिमाल प्रेस ३२ साउन २०८१ १२:३० | Friday, August 16, 2024
सहकारी ठगी प्रकरण : दीपेश पुनसँग बयान लिँदै संसदीय छानबिन समिति दिपेश पुन

काठमाडौँ- सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग बयान लिने भएको छ ।

बिहीबार नै बयान लिने भनिए पनि ढिला सहभागी भएकाले आज मात्रै बयान लिने क्रम सुरु गरिने समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। त्यसका लागि समितिको बैठक बस्दैछ । सुप्रिम सहकारीमा कोषाध्यक्ष रहेका दीपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा जोडिएको भन्दै गत चैत २ गते पक्राउ परी धरौटीमा छुटेका थिए।

शुक्रबार बिहान ११ बजेदेखि सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नगेन्द्र बहादुर रिमाललाई जेलबाट झिकाएर बयान लिइएको छ। बयान जारी छ। त्यस्तै धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका संचालक मान विश्वकर्मासँग पनि बयान लिनेछ।

समितिले बिहीबार ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतसँग बयान लिएको थियो। त्यस्तै सुप्रिम सहकारीका संचालक ओमबहादुर गुरुङको पनि जेलबाट झिकाएर समितिले बयान लिएको छ। यही सहकारीकी कर्मचारी रोशनी गुरुङको पनि बयान लिइएको छ। समितिले जेलमा रहेका हालसम्म ९ जनाको बयान लिइसकेको छ ।

समितिले सहकारी घोटाला प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि केही दिनमै सोधपुछ गर्ने तयारी गरेको छ।

प्रकाशित: ३२ साउन २०८१ १२:३० | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast