सहकारीको बचत हिनामिना : आज संसदीय समितिले रवि लामिछानेसँग बयान लिने

हिमाल प्रेस ७ भदौ २०८१ ८:२७ | Friday, August 23, 2024
सहकारीको बचत हिनामिना : आज संसदीय समितिले रवि लामिछानेसँग बयान लिने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- संसदीय छानबिन विशेष समितिले आज पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्थाको बचत हिनामिनासम्बन्धी बयान लिँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई सोधपुछका लागि समितिले आज दिउँसो २ बजे बोलाएको छ। लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन्।

सभापति लामिछानेले गत बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पनि संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको जानकारी गराएका थिए।

उनीमाथि बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम हिनामिना गरेको आरोप छ।

लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष भएका बेला गोर्खा मिडिया नेटवर्कमा ती सहकारीबाट झन्डै ९५ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।‍

प्रकाशित: ७ भदौ २०८१ ८:२७ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast