समसामयिक विषयमा छलफल गर्न ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस २२ साउन २०८१ ९:५७
समसामयिक विषयमा छलफल गर्न ओलीले बोलाए मन्त्रिपरिषद् बैठक फाइल तस्बिर

काठमाडौँ- संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपराह्न पाँच बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुने छ। बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्ताव उपर पनि छलफल भई निर्णय हुने छ।

प्रकाशित: २२ साउन २०८१ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast