‘समयमै चुनावी तयारी’ नीति रणनीति अख्तियार गर्दै राप्रपा

हिमाल प्रेस १० भदौ २०८१ ८:२० | Monday, August 26, 2024
‘समयमै चुनावी तयारी’ नीति रणनीति अख्तियार गर्दै राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘समयमै चुनावी तयारी’ गर्ने रणनीति अख्तियार गरेको छ। राप्रपा संगठन विभागले स्थानीय चुनावमा अर्जुनदृष्टि लगाएर आधार तहमै पुगेर संगठन विस्तार गर्ने रणनीतिक कार्यक्रम जारी राखेको छ ।

‘समय छँदै चुनावी तयारी’ भन्ने नारासहित संगठन विभाग क्रियाशील भएको राप्रपाले जनाएको छ। नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ वटा रित्त पदका लागि हुने उपनिर्वाचनलाई समेत संगठन विभागले प्राथमिकतामा राखेको छ।

‘आसन्न उपनिर्वाचनमा पार्टीभित्रको ज्ञान र उर्जालाई उपयोग गर्नुपर्दछ भन्ने निष्कर्षसाथ रणनीतिक रूपमा हामी अघि बढीरहेका छौं, आधार तहको संगठन मजबुत बनाउन हामी क्रियाशील छौं,’ महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले आइतबार भने।

स्थानीय निर्वाचनमात्र होइन त्यसपछिका संसदीय चुनावी सफलताका लागि पनि समय छँदै तयारी भन्ने गुरुमन्त्रमा राप्रपाले जोड दिनेछ।

‘स्थानीय तहको संगठन राजनीतिक दलको मेरुदण्ड हो,’ राणाले भने। ‘जनताको सबैभन्दा नजिक रहने आधार तहको संगठन जति सबल, सजग, आत्मनिर्भर र प्रभावकारी रहन्छ, त्यही रुपमा जनताको समर्थन प्राप्त हुन्छ। यस अर्थमा जनसमर्थन अभिवृद्धी गर्दै राप्रपाले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न, नवीन समझदारी कायम गर्न स्थानीय संगठनको महत्व र भूमिका कम आंकलन गर्न सकिन्न।’

संगठन विभागको कार्ययोजनाअनुरूप, भदौभित्र काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्यक्रम सम्पन्न गरिनेछ। त्यसपछि असोज र कार्तिक महिनामा स्थानीय तहको सक्रिय सहभागितामा सातैवटा प्रदेशमा संगठन विस्तार कार्यक्रम सम्पन्न गरिनेछ।

यस सम्बन्धमा संगठन विभागले पार्टीका प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, निर्वाचन क्षेत्र प्रदेश अध्यक्ष, महानगरपालिकारउपमहानगरपालिकारनगरपालिकारगाउँपालिका अध्यक्ष सबैलाई पत्राचार गरीसकेको छ।

प्रकाशित: १० भदौ २०८१ ८:२० | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast