सबै विद्यालयको संरचना समान हुनुपर्छ : साेविता गाैतम

हिमाल प्रेस २५ साउन २०८१ ६:३२ | Friday, August 9, 2024
सबै विद्यालयको संरचना समान हुनुपर्छ : साेविता गाैतम

काठमाडौँ- सांसद साेविता गाैतमले ‘विद्यालय शिक्षा विधेयक-२०८०’ अपांगतामैत्री हुनुपर्ने माग गरेकी छन्।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद गौतमले अपांगता भएकाहरूका लागि राज्यले छुट्टै लगानी गर्नुपर्ने बताइन्।

‘त्यसका लागि अपांगतामैत्री पाठ्यक्रम, भौतिक संरचना र विद्यालयको वातावरण अपांगतामैत्री हुनुपर्ने कुरा विधेयकमा राख्नुपर्ने हुन्छ’,उनले भनिन्।

उनले विशेष गरी सामुदायिक विद्यालयको गुणस्तर, स्तरोन्नति गर्ने गरी विधेयक ल्याउनुपर्ने बताउँदै देशैभरी रहेका विद्यालयको संरचना समान हुनुर्नेमा जोड दिइन्।

प्रकाशित: २५ साउन २०८१ ६:३२ | Friday, August 9, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast