‘सतीदेवी’ हेरेपछि के भन्छन कलाकार?

हिमाल प्रेस ५ भदौ २०८१ १३:५१ | Wednesday, August 21, 2024
‘सतीदेवी’ हेरेपछि के भन्छन कलाकार?

काठमाडौं- फिल्म ‘सतीदेवी’ काे मंगलबार प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, यांशु श्रेष्ठ, स्मिता लामिछाने, अभिनेता सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेतलगायत पत्रकार र फिल्मकर्मीको बाक्लो उपस्थित थियो।

फिल्म हेरेपछि अधिकांशले पितृसत्तात्मक समाजले छोरीलाई हेर्ने दृष्टिकोणमा आधारित कथाले मन छोएको प्रतिक्रिया दिए। फिल्मले लैंगिक समानताको पक्षबाट सामाजिक सन्देश दिएको उनीहरुकाे बुझाई थियाे। फिल्ममा समाजको विद्यमान छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्याय र अत्याचारलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ।

लक्ष्मण सुवेदीको लेखन, पटकथा, संवाद र निर्देशनमा बनेको फिल्मको मुख्य भूमिकामा अभिनेत्री मलिका महत छिन्। उनले फिल्ममा ग्रामीण भेगकी सतीदेवी अधिकारीको चरित्र निभाएकी छन्।

फिल्ममा अन्य कलाकार रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीशा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभ मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको सिनेमाको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्म दीपक शर्मा र सुवास भुसालको संगीत छ। फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी गरेका छन्।

प्रकाशित: ५ भदौ २०८१ १३:५१ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast