संसदीय छानबिन समितिले लियो सुमेरु सहकारीका राजबहादुर सिंहसँग बयान

हिमाल प्रेस २८ साउन २०८१ १७:११ | Monday, August 12, 2024
संसदीय छानबिन समितिले लियो सुमेरु सहकारीका राजबहादुर सिंहसँग बयान छानबिन समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग सोमबार पनि बयान लिएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुमेरु बचत तथा ऋण सहकारी संस्थामा आवद्ध राजबहादुर सिंहसँग बयान लिएको हो। समितिको कार्यादेशमा रहेको समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी संस्थामध्ये उक्त सहकारी अनुसूची २ को आठौँ नम्बरमा रहेको छ। सो क्रममा समितिले बचतकर्ताको रकम हिनामिनाबारे प्रश्न गरेको थियो। जवाफमा सिंहले बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए।

सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ। छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

प्रकाशित: २८ साउन २०८१ १७:११ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast