संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस २७ साउन २०८१ १२:३९ | Sunday, August 11, 2024
संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ-  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

ललितपुरमा आइतबार राष्ट्रिय युवा परिषद्‍द्वारा आयोजित एक कार्यक्रममा उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए।

उनले अहिले भएका अधिकारहरू कसरी कार्यान्वयन गर्ने र बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए। उनले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रूपमा रहेको बताए। उनले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताए। अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको उनले बताए।

प्रकाशित: २७ साउन २०८१ १२:३९ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast