संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखबाट प्रमाणित

हिमाल प्रेस १२ भदौ २०८१ १३:३८ | Wednesday, August 28, 2024
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखबाट प्रमाणित

काठमाडौँ – सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन्।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गरेका हुन्।

सो विधेयक संघीय संसद्का दुवै सदनबट पारित भइसकेको छ। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो।

सभामुखले प्रमाणित गरेको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ।

प्रकाशित: १२ भदौ २०८१ १३:३८ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast