शिक्षामन्त्री भट्टराईले भनिन् : शिक्षा ऐन ल्याउन पहल र ईसीडी शिक्षकलाई सुविधाकाे व्यवस्था गर्छु

हिमाल प्रेस १३ भदौ २०८१ ११:०० | Thursday, August 29, 2024
शिक्षामन्त्री भट्टराईले भनिन् : शिक्षा ऐन ल्याउन पहल र ईसीडी शिक्षकलाई सुविधाकाे व्यवस्था गर्छु शिक्षामन्त्री विद्या भट्टराई। फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामुदायिक विद्यालयका बालविकास शिक्षक (ईसीडी) लाई सुविधा तथा तालिमको व्यवस्था गरिने बताएकी छन्।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले ईसीडी शिक्षकलाई सुविधा र तालिम दिने बताएकी हुन्।

पत्रकारसँगको भेटमा मन्त्री भट्टराईले अहिले कक्षा १० र कक्षा १२ को परीक्षामा देखिएको उत्तीर्ण दरलाई सुधार गर्न परीक्षा प्रणाली र सिकाइ प्रणालीलाई समेत सुधार गर्न जरूरी रहेको बताइन्। साथै बालविकास शिक्षकलाई सुविधा तथा तालिमको व्यवस्था गरिने पनि बताइन्।

त्यसैगरी उनले विद्यालय शिक्षा विधेयक ल्याउन ढिला भएको भन्दै अब चाँडै विधेयक ल्याउन पहल गर्ने बताइन्। उनले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको बताइन्।

प्रकाशित: १३ भदौ २०८१ ११:०० | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast