काठमाडौँ- शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा उनको मृत्यु भएको हो।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत ६९ वर्षका थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए।
पछिल्ला ४० वर्षदेखि उनी काठमाडौँमा बसेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गरिरहेका थिए। शास्त्रीय संगीतका गुरु कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा भएको थियो।
प्रकाशित: १७ साउन २०८१ १०:३२ | Thursday, August 1, 2024
प्रतिक्रिया



