शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु दुनियाँका लागि नमुनाको विषय हो : प्रधानमन्त्री

हिमाल प्रेस ३० साउन २०८१ १३:४६ | Wednesday, August 14, 2024
शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु दुनियाँका लागि नमुनाको विषय हो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु एक राजनीतिक सफलता भएको बताएका छन्। आज बुधबार प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्नेक्रममा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको बताएका हुन्।

‘द्वन्द्वलाई हामीले नै शान्ति प्रक्रियामा मिलायौँ। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ’, उनले भने, ‘दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौँ। १८ वर्ष बितिसकेको छ। यो वर्षमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेका छौँ।’

उनले अहिलेको प्रणाली धेरैको बलिदान र कठिन यात्राबाट प्राप्त भएको पनि बताए। ‘बलिदान त्याग ख्याल ख्याल कुरा होइन। हामीले कठिन यात्रा गरेर यो प्रणाली स्थापना गरेका छौँ। धेरैले बलिदान गरेका छन्’ उनले भने।

प्रकाशित: ३० साउन २०८१ १३:४६ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast