शान्तिश्रीको स्वरमा तीज गीत ‘गोर्खा पल्टन’ सार्वजनिक

हिमाल प्रेस २५ साउन २०८१ २१:०१
शान्तिश्रीको स्वरमा तीज गीत ‘गोर्खा पल्टन’ सार्वजनिक

काठमाडौँ- शान्तिश्री परियारको स्वरमा रहेको तीज गीत ‘गोर्खा पल्टन’ सार्वजनिक भएको छ। सुपक अधिकारी नामक युट्यु च्यानलबाट गीत सार्वजनिक गरिएको हो। गीतमा नित्याशिवाको पनि स्वर रहेको छ।

आयान अधिकारीको प्रस्तुतिमा बनेको गीतमा सुपक अधिकारीको शब्द र कन्सेप्ट, रिमेशकुमार थापाको संगीत रहेको छ। स्मारिका ढकाल र दीपा शाहीको अभिनय रहेको म्युजिक भिडियोमा चक्रबहादुर बरालको छायांकन, सियोन श्रेष्ठको कोरियोग्राफी छ। भिडियोलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन्। गीतले लैंगिक विभेदको विषयलाई उठाएको छ।

प्रकाशित: २५ साउन २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast