शंकर पोखरेलको दाबी : सरकारका काममा सुधारको संकेत देखियो

हिमाल प्रेस २८ साउन २०८१ २१:४१ | Monday, August 12, 2024
शंकर पोखरेलको दाबी : सरकारका काममा सुधारको संकेत देखियो

काठमाडौँ- नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सरकारका काममा सुधारका संकेत देखिन थालेको बताएका छन्।

ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज (सोमबार) आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताए।

‘अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ। प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ,’ उनले भने, ‘आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्दछ।’

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: २८ साउन २०८१ २१:४१ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast