व्याण्ड कम्पिटिसनमा गुरुकुल च्याम्पियन

हिमाल प्रेस १५ भदौ २०८१ २०:११ | Saturday, August 31, 2024
व्याण्ड कम्पिटिसनमा गुरुकुल च्याम्पियन

पोखरा – पोखराको गुरुकुल विद्या सदन दोस्रो इन्टरस्कुल व्याण्ड कम्पिटिसनमा च्याम्पियन बनेको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजनामा शनिबार भएको ग्राण्ड फिनालेमा अन्य १८ ब्याण्डलाई पछि पार्दै उपाधिसहित गुरुकुल विद्या सदनले १ लाख, ट्रफी र प्रमाणपत्र हात पारेको हो।

‘शिक्षासँगै संगीत’ भन्ने मूलनाराका साथ पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा दुई दिनसम्म चलेको प्रतियोगितामा ग्लोबल कलेजियट मावि दोस्रो र फिस्टेल एकेडेमी तेस्रो भए। दोस्रो र तेस्रोले क्रमशः ५० हजार र २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

बेस्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेस्ट बास गिटारिष्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेस्ट लिड गिटारिस्टमा प्रतिभा माविका सायुस बज्राचार्य उत्कृष्ट घोषित भए।

त्यस्तै, बेस्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेस्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेस्ट म्यूजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए।

पब्लिक च्वाईसतर्फ गण्डकी बोर्डिङ स्कुल परेको छ। जुरी च्वाइसको उपाधि मदरल्याण्ड मावि (बि) ले जित्यो। विधागत रुपमा उत्कृष्ट भएकालाई नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

शनिबार पोखरा सभागृहमा भरिभराउ दर्शकबीच भएको फाइनलमा सगरमाथा मावि, प्रतिभा मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले पनि प्रस्तुति दिएका थिए। उनीहरुले आफ्नो मौलिक १ र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेका हुन्।

संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) अनुसार प्रतियोगितामा भाग लिएका १९ स्कुल व्याण्डमध्ये शुक्रबारको प्रस्तुतिमा १० छानिएका थिए।

विजयीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) लगायतले पुरस्कार प्रदान गरे।

प्रकाशित: १५ भदौ २०८१ २०:११ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast