विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

हिमाल प्रेस ३१ साउन २०८१ २१:४२ | Thursday, August 15, 2024
विमानस्थलबाट सुनसहित दुई जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रुपमा संकलन गरी लैजान लागेको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ घर भएका २२ वर्षीय नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले बताए।

उनले भने, ‘एयर अरेबियाको उडानमार्फत बहराइनबाट दुबई हुँदै काठमाडौँ आएकी जानुकाबाट नारायणले अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।’

करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: ३१ साउन २०८१ २१:४२ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast