विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

हिमाल प्रेस १३ भदौ २०८१ १८:४१ | Thursday, August 29, 2024
विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ६ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको छ।

मिक्लाजुङ गाउँपालिका-७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८, माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालका-७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

‘लामाले तीन लाख ६५ हजार, विश्वकर्माले एक लाख दुई हजार तथा श्रेष्ठले दुई लाख दश हजार लिइ क्रोएसिया र दुबई लगायतका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी आरोपीहरू सम्पर्कविहीन भएको पीडितहरूले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो,’ उनले भने।

निजहरूलाई काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै (बिहीबार) वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: १३ भदौ २०८१ १८:४१ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast