 
                             
                                            काठमाडौँ- स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ। भ्यालेन्सियाविरुद्ध बार्सिलोना २-१ गोलअन्तरले विजयी भएको हो। खेलमा भ्यालेन्सियाले सुरुवाति अग्रता लिए पनि बार्सिलोना पुनरागमन जित निकाल्न सफल भयो ।
भ्यालेन्सियाका लागि हुगो डुरोले ४४ औँ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। तर, बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दै टिमलाई विजयी बनाए।
                            प्रकाशित: २ भदौ  २०८१ ७:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 