रियलले जित्यो यूईएफए सुपर कप

हिमाल प्रेस ३१ साउन २०८१ ६:२० | Thursday, August 15, 2024
रियलले जित्यो यूईएफए सुपर कप

काठमाडौँ- यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। यो उसको छैंठौं उपाधि हो। गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २-० ले हरायो। फ्रान्सेली सुपर स्टारले केयलिन एम्बापेले डेब्युसँगै रियलको सुखद सुरुवात हो। पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै सिजन रियल आएका हुन् र डेब्युमै गोल गर्न पनि सफल रहे।

युरोपेली च्याम्पियनका लागि फेड भाल्भेरडेले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपे। खेलपछि एमबापेले आफ्नो सपना पूरा भएकोमा खुसी रहेको प्रतिक्रिया दिए। प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले रियलका लागि १४ औं उपाधि पनि जितेका छन्।

 

प्रकाशित: ३१ साउन २०८१ ६:२० | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast