रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस ११ भदौ २०८१ ७:५३ | Tuesday, August 27, 2024
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।

यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो। त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ। पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ।

उनलाई अब रास्वपाका साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागिएको हो। यस्तै आज बस्ने बैठकले स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने छ। पार्टीका आधारभूत संगठन बलियो बनाउन र संगठनात्मक प्रभावकारिताका लागि रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउन लागेको हो।

बैठकले समसामयिक पार्टी गतिविधिबारे पनि छलफल गर्नेछ।

प्रकाशित: ११ भदौ २०८१ ७:५३ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast