राष्ट्रिय मुद्दामा दलहरूबीच न्यूनतम सहमति हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस ६ भदौ २०८१ १९:०१ | Thursday, August 22, 2024
राष्ट्रिय मुद्दामा दलहरूबीच न्यूनतम सहमति हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय मुद्दामा दलहरूबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको छलफलमा भाग लिँदै श्रेष्ठले सरकारमा रहँदा वा नरहँदा विरोध वा समर्थन गर्ने नभई कम्तीमा राष्ट्रिय मुद्दामा दलहरूबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका हुन्।

उनले अहिलेको मुलुकको ऐतिहासिक आवश्यकतामा सबै दलहरू गहन हुनुपर्नेमा जोड दिए। श्रेष्ठले लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण र शान्तिका लागि गम्भीर हुनुपर्ने भन्दै यसमा आफु अनुकुलको व्याख्या र व्यवहार गर्न नहुने जिकिर गरे।

वास्तविकरूपमा जनताले लोकतन्त्रको महसुस गर्न नसके देश अघि बढ्न नसक्ने भएकाले यसका लागि दलहरूले अगुवाई गर्नुपर्ने उनले बताए। उनले लोकतन्त्र र शान्तिको लाभ जनतालाई दिन सके शान्ति लामो समयसम्म कायम हुन सक्ने उल्लेख गरे।

प्रकाशित: ६ भदौ २०८१ १९:०१ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast