राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको आग्रह

हिमाल प्रेस १२ भदौ २०८१ २०:४३ | Wednesday, August 28, 2024
राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (बुधबार) प्रतिष्ठानका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालयहरू र विश्वविद्यालयसँग संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताए।

अनुसन्धान प्रतिष्ठान आफैँ एक्लै काम गरेर परिणाम नआउने र देशको आवश्यकतालाई सम्बोधन नहुने भएकाले अनुसन्धान र उच्चतम् प्रविधिलाई साथ लिएर देशको विकास गर्ने सरकारको प्राथमिकता रहेकोे सुनाए।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. लेखनाथ शर्माले विभिन्न मन्त्रालयको समन्वयमा हालसम्म ५० अनुसन्धान गरिएको जानकारी दिए। प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उक्त प्रतिष्ठानको स्थापना गरिएको थियो।

प्रकाशित: १२ भदौ २०८१ २०:४३ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast