राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १३ भदौ २०८१ ७:५४ | Thursday, August 29, 2024
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०–८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्।

प्रकाशित: १३ भदौ २०८१ ७:५४ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast