राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन र जनताकेन्द्रित सुशासन कायम गर्न नवीन समझदारी : डा. धवलशमशेर राणा

हिमाल प्रेस ३० साउन २०८१ ८:२५ | Wednesday, August 14, 2024
राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन र जनताकेन्द्रित सुशासन कायम गर्न नवीन समझदारी : डा. धवलशमशेर राणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन र जनताकेन्द्रित सुशासन कायम गर्न देशमा प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको बताएका छन्।

‘देशको राजनीतिलाई सही मार्गमा ल्याउन, राष्ट्रियता, प्रजातन्त्र तथा जनताको हित अनुकूल शासन संचालन गर्न प्रमुख शक्तिहरुबीच नवीन समझदारी आवश्यक भएको छ। हर क्षेत्रको अवस्था हेर्दा देश चुनौती र असफलताको जंजालमा फसेको छ, त्यसैको देश र जनताको हित अनुकूल परिवर्तन अपरिहार्य भएको हो,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले मंगलबार भने।

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रष्ट गरे। महामन्त्री तथा आन्दोलन परिचालन समितिका सदस्य सचिव कुन्ती शाहीले युव र महिलालाई अग्रपंक्तिमा राखेर आन्दोलनमार्फत देशले मागेको परिवर्तन प्राप्त गर्ने बताइन्। वडा तहसम्म गएर जुझारु युवा तरुणको अगुवाईमा युवा दस्ता निर्माण गर्न उनले कार्यकर्तालाई आह्वान गरिन्।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देश परिवर्तन सन्मुख रहेको धारणा राखे। ‘युवा पलायन रोक्न, भ्रष्टाचार अन्त्य गरेर सही अर्थमा राम राज्य कायम गर्न राप्रपाले परिवर्तनको मार्गचित्र अघि सारेको हो । जनताको बलमा परिवर्तन प्राप्त गरेर जनचाहना बमोजिम राजसंस्था, हिन्दु अधिराज्य पुनःस्थापना गर्ने आन्दोलनको लक्ष्य हो,’ लावतीले भने।

शंखरापुर नगर समिति अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले स्थानीय तहको संगठनको बलमा राजासहितको प्रजातन्त्र तथा हिन्दुराज्य प्राप्त गर्ने धारणा राखे।

राप्रपाको संगठन विभागले आन्दोलनलाई केन्द्रमा राखेर काठमाडौँ उपत्यकाकेन्द्रित संगठन विस्तार कार्ययोजना जारी राखेको छ।

प्रकाशित: ३० साउन २०८१ ८:२५ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast