 
                             
                                            काठमाडौँ- सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ को टिजर सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो।
एक्सन नै एक्सनले भरिएको एक मिनेट २० सेकेन्डको टिजर संवाद बिहिन छ। कलाकार प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल र पल शाहसमेत नकारात्मक भूमिकामा देखिएका छन्।
टिजरले तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई फिल्ममा मुख्य कथावस्तु बनाएको संकेत देखिन्छ। अन्य कलाकार प्रियंका कार्की, पूजा शर्मा, नीकिता चाण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोनिस बोसलगायत कलाकारको अभिनय छ। फिल्म आगामी भदौ २१ गते प्रदर्शन हुनेछ।
पलले भने आफू फिल्ममा दोहोरो भूमिकामा रहेको बताए। ‘फिल्ममा मैले कान्छा र राघव नामका दुई चरित्र निभाएको छु। एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ छ। मेरो लागि यो चरित्र नयाँ हो।,’ उनले भने। पलले आफूले रोमान्टिक भूमिकामा देखिरहेका दर्शकका यसपटक केही फरक पाउने उनको भनाई छ।
लभस्टोरी फिल्म निर्देशकको रुपमा चिनिएका सुदर्शन थापाले यसपटक एक्सन जनरामा फिल्म बनाएका छन्। उनले कार्यक्रमा आफूले नयाँ काम गर्न खोजेको बताए। ‘तपाईहरुले मेरो निर्देशनमा रोमान्टिक फिल्ममात्र देखिरहनुभएको थियो। यसपटक मैले केही नयाँ गर्न खोजेको छु।’ उनले भने। रावायण अहिले चलिआएको फिल्म भन्दा फरक कोशिस रहेको उनले दाबीसमेत गरे।
शिवम अधिकारीको लेखन रहेको फिल्ममा प्रदीप श्रीवास्तवको पटकथा छ। फिल्म सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्वमा बनेको छ।
यस्ताे छ टिजर

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 