राज्यका सबै संरचनामा समान सहभागिता गराउन दलित अभियानको माग

हिमाल प्रेस ३० साउन २०८१ १८:३८ | Wednesday, August 14, 2024
राज्यका सबै संरचनामा समान सहभागिता गराउन दलित अभियानको माग

काठमाडौँ– दलित अभियानीहरू राज्यको सवै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन्।

विगत आठ दिनदेखि माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका हुन्।

माइतीघर मण्डलामा बुधबार पत्रकार सम्मेलन गरेर ‘दलितका लागि दलित अभियान’ का संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने बताए। संघीय संसद भवन नयाँ बानेश्वरअगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्ने क्रममा संयोजक सुनारलाई प्रहरीले मंगलबार पक्राउ परेका सुनार आज रिहा भएका हुन्।

उनी आठ दिनदेखि हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गर्दै आएका छन्। आफ्नो माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने संयोजक सुनारले बताए। पक्राउ परेको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका संघसंस्थाले सुनारको जायज माग पूरा गर्न सरकारसँग माग गर्दै आएका छन्।

पक्राउको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी सुनारका जायज माग पूरा गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: ३० साउन २०८१ १८:३८ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast