‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक

हिमाल प्रेस १२ भदौ २०८१ ११:२६ | Wednesday, August 28, 2024
‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक

काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ। फिल्मको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ।

यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन्। फिल्मको टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन्। सिननेमामा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ।

निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो। भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको सिनेमाको प्रिमियरअघि नै विभिन्न देशमा सिनेमाको वितरण अधिकार पनि बिक्री भैसकेको निर्माण टिमले जानकारी दिएको छ। विभिन्न अर्न्तराष्ट्रिय महोत्सव र हल रिलिज अघि नै सिनेमाको विभिन्न देशको राइट बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरेका छन्।

फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले सिनेमाको राइट किनेको छ। एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित सिनेमा ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका सिनेमा वितरण गरेको छ। फिल्मको स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन प्रदर्शन अधिकार किनेको छ।

निर्देशक रौनियारको पहिलो फिचर सिनेमा ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो। अर्को सिनेमा ‘ह्वाइट सन्’ सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर सिनेमा महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो।

उनको छोटो सिनेमा ‘फोर नाइट्स’ सन् २०२२ मा बर्लिनेल सट्र्समा प्रिमियर भएको थियो ।

‘राजागंज स् पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ। सोही दिन निर्देशक रौनियारको जन्मदिन समेत हो । भेनिस प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका केही दिनमा कलाकार इटाली जाँदैछन्।

यो सिनेमाले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ। यो सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।

 

प्रकाशित: १२ भदौ २०८१ ११:२६ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast