रवि लामिछानेलाई बयानका लागि छानबिन समितिले बोलायो

हिमाल प्रेस ६ भदौ २०८१ १६:४८ | Thursday, August 22, 2024
रवि लामिछानेलाई बयानका लागि छानबिन समितिले बोलायो रवि लामिछाने।

काठमाडौँ- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापितसमेत रहेका रवि लामिछानेलाई ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको छ।

भोलि शुक्रबार बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको लामिछानेलाई बोलाइएको छानबिन समितिका सभापति सूर्य थापाले बताए। लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ।

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ। लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक सदस्य छविलाल जोशीलाई पनि शुक्रबार नै बोलाइएको छ।

प्रकाशित: ६ भदौ २०८१ १६:४८ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast