रविमाथि गगनको कटाक्ष : नौ मिनेटमा चट् भइजान्छ भन्नेले नौ घन्टा बयान दिए

हिमाल प्रेस १३ भदौ २०८१ १४:५७ | Thursday, August 29, 2024
रविमाथि गगनको कटाक्ष : नौ मिनेटमा चट् भइजान्छ भन्नेले नौ घन्टा बयान दिए प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताएका छन्। आज बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको भन्दै थापाले सबै प्रमाण संसदीय समितिलाई बुझाएको बताएका हुन्।

‘केही साथीहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेका छन्। प्रमाण खोजिहरेका छन्। त्यत्रो तथ्य र प्रमाण भएरै त होला संसद्‍मा संघर्ष गरेर हामीले संसदीय विशेष छानबिन समिति बनाएका छौँ,’ उनले भने, ‘त्यो समिति हामीले बनाएका हौँ, त्यसको टीओआर बनेको छ। हामीले भएका प्रमाण संसदीय समितिलाई दिएका छौँ। अरूले पनि दिएका छन्।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेतिर इंगित गर्दै नौ मिनेटमा बयान सक्छु भनेकाले नौ घण्टासम्म बयान बस्नुपरेको उल्लेख गरे।

‘नौ मिनेटमा चट् भइजान्छ भनेको सुनेको थिएँ, नौ घण्टासम्म बयान दिनुपरेको छ’, उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेतिर कटाक्ष गर्दै भने, ‘बयान हो बयान, फैसला होइन। समितिको फैसला त आउनै बाँकी छ।’ संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिँदा ९ घन्टा बढी समय लागेको थियो।

उनले संसदीय समितिका सभापति सूर्य थापाले धेरै मिहिनेत गरेर छानबिन गरिरहेको पनि उल्लेख गरे।

प्रकाशित: १३ भदौ २०८१ १४:५७ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast