रमितेका ८ घर पहिराको उच्च जोखिममा

हिमाल प्रेस ३० साउन २०८१ ६:२७ | Wednesday, August 14, 2024
रमितेका ८ घर पहिराको उच्च जोखिममा

काठमाडौँ- संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन्।

पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुंगा रहेकाले पहिरासँगै ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्नेमा जोड दिए।

कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्‍याइएको छ। गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन्।

गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टंकबहादुर घिमिरे र खाँदबारी–४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ।

पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुंगा फुटाउने आश्वासन दिए। केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ।गतवर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयासस्वरूप तारजाली लगाइएको थियो। रासस

प्रकाशित: ३० साउन २०८१ ६:२७ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast