युक्रेनी सेना आफ्नो सीमामा ३० किलोमिटरभित्र प्रवेश गरेको रूसको दाबी

हिमाल प्रेस २८ साउन २०८१ १५:२१ | Monday, August 12, 2024
युक्रेनी सेना आफ्नो सीमामा ३० किलोमिटरभित्र प्रवेश गरेको रूसको दाबी फाइल तस्बिर

काठमाडौँ- युक्रेनको सेना आफ्नो भूमिमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको रूसले दाबी गरेको छ।

फेब्रुअरी २०२२ मा दुवै देशबीच युद्ध सुरू भएको थियो। यसलाई युक्रेनको तर्फबाट रूसमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ बताइएको छ।

रूसको रक्षा मन्त्रालयले क्रुस्क क्षेत्रमा संघर्ष सुरू भएको ६ दिन बितिसकेको जनाएको छ। टौलपिनो र ओब्शची कालोडेज गाउँमा रूस र युक्रेन सेनाबीच भीडन्त भएको छ।

रूसमा शान्तिका साथ बसिरहेका नागरिकलाई युक्रेनका सेनालाई डराउन खोजेको रूसको विदेश मन्त्रालयले आरोप लगाएको छ।

युक्रेनका राष्ट्रपति व्लादिमिर जेलेन्स्कीले गएराति राष्ट्रलाई सम्बोधन गर्दै पछिल्लोपटक भएको आक्रमणलाई स्वीकार गरेका छन्।
उनले रूसले पछिल्लो समय कुस्र्क क्षेत्रको सीमामा दुई हजारपटक आक्रमण गरेको बताएका छन्।

रूसले गरेको आक्रमणको उचित जवाफ दिइने उनको भनाइ छ।

प्रकाशित: २८ साउन २०८१ १५:२१ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast