यी ३४ ठाउँमा हुँदैछ उपनिर्वाचन

हिमाल प्रेस २९ साउन २०८१ १६:४१ | Tuesday, August 13, 2024
यी ३४ ठाउँमा हुँदैछ उपनिर्वाचन निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगका पदाधिकारीले उपनिर्वाचन गर्न मितिसहितको तयारी प्रस्ताव गरेका हुन्।

निर्वाचन आयोगकाप प्रवक्ता रघुराम विष्टका अनुसार गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त भएपछि यी स्थानमा उपनिर्वाचन गर्न लागिएको हो।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ।

 उपनिर्वाचनका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान पनि गरेको छ।

आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेको विष्टले बताए।

निर्वाचन आयोगले अध्ययनसहित गरेको निर्वाचन मितिसहितको प्रस्तावलाई नै सरकारले अनुमोदन गर्ने उच्च सम्भावना छ।

प्रकाशित: २९ साउन २०८१ १६:४१ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast