यस वर्षको गौरा भदौ १० मा

हिमाल प्रेस ४ भदौ २०८१ १५:३० | Tuesday, August 20, 2024
यस वर्षको गौरा भदौ १० मा गौरा पर्व । फाइल तस्बिर

काठमाडौँ– सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० भदौ सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ। अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ।’

अठोला पञ्चाङ्गका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ मा षष्टी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० मा अठेवाली अर्थात् गौरापर्व मनाइनेछ। ११ भदौपछि आ–आफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ।

प्रकाशित: ४ भदौ २०८१ १५:३० | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast