यस्तो बन्यो एनपीएलको लोगो

हिमाल प्रेस ३ भदौ २०८१ २०:३४ | Monday, August 19, 2024
यस्तो बन्यो एनपीएलको लोगो

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलकुदमन्त्री तेजु लाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन्।

क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल आयोजना गर्ने जानकारीसमेत दिएको छ।

कार्यक्रममा खेलकुद मन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए।

त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको आयोजनासँगै घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने जिकिर गरे।

प्रकाशित: ३ भदौ २०८१ २०:३४ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast