काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला लोकल २५ रुपैयाँ प्रति केजी रहेको छ।
स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ५७ रुपैयाँ ६७ पैसा, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ।

प्रकाशित: १७ साउन २०८१ ८:४१ | Thursday, August 1, 2024
प्रतिक्रिया



