निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (फोटो फिचर)

हिमाल प्रेस १० भदौ २०८१ १५:०९ | Monday, August 26, 2024
निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (फोटो फिचर)

काठमाडौँ- भदौ ७ गते तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराबाट खसेर दुर्घटनामा परेको भारतीय तीर्थयात्री बोकेको बस आज सडकमा निकालिएको छ। आज बिहान ६ बजेदेखि पृथ्वीराजमार्ग बन्द गरेर क्रेनको सहायताले बस निकालिएको हो। बस करिब आठ घन्टाभन्दा बढी समय लगाएर निकालिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार दुर्घटनाग्रस्त बस अहिले सडकमा राखिएको छ। ‘आठ घन्टाभन्दा धेरै समय लगाएर बस क्रेनले रोडमा निकाल्यो,’ उनले भने, ‘अहिले सडकमा धेरै जाम भएकोले सडक केही खाली भएपछि यसलाई थप व्यवस्थापन गरिनेछ।’

भदौ ७ गते शुक्रबार ४३ जना यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाले ज्यान गुमाएका थिए। एकजना अझै बेपत्ता छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सबै तस्बिर : मुग्लिन बजार फेसबुकबाट

प्रकाशित: १० भदौ २०८१ १५:०९ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast