मौलिक संस्कृतिको संरक्षणले राष्ट्रिय एकता थप बलियो बनाउँछ : माधव नेपाल

हिमाल प्रेस ७ भदौ २०८१ २१:४२ | Friday, August 23, 2024
मौलिक संस्कृतिको संरक्षणले राष्ट्रिय एकता थप बलियो बनाउँछ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत मौलिक संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप बलियो बनाउन सकिने बताएका छन्।

समाजवादी प्रेस संगठनद्वारा हरितालिका तीज पर्वका अवसरमा आज शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष नेपालले सबै जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताएका हुन्।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाड पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले संस्कृतिको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ७ भदौ २०८१ २१:४२ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast