मोदीलाई नेपाल भ्रमणको निम्तो

हिमाल प्रेस २७ साउन २०८१ १९:४२ | Sunday, August 11, 2024
मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।

शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भेटवार्ता भएको थियो।
विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका हुन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका छन्।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

प्रकाशित: २७ साउन २०८१ १९:४२ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast